• 011-661035
  • info@panas.coop.np

Events

क्रिस्टलको माला बनाउने तालिम

2024-03-30

पानस बचत तथा ऋण सहकारी संस्था लि.

पानस बचत तथा ऋण सहकारी संस्था लि. बनेपा(०८, kavre एक दिने आधुुनिक डिजाइनको पोते तथा क्रिष्टलको माला बनाउने तालिम          मिति २०८०÷१२÷१७ गते शनिबार को दिन पानस साकोस बनेपा ०८ मा एकदिने आधुनिक डिजाइनको पोते तथा क्रृष्टलको माला बनाउने तालिम सम्पन्न गरियो । यस तालिममा पानस साकोस को अध्यक्ष सुशन राजवंशी को अध्यक्षता मा सम्पन्न हुनुका साथै उक्त तालीममा बनेपा ०८ मा बस्ने पुजा महाजु ले रोचक शैलिमा सञ्चालन गर्नुभएको थियो । यस तालीममा यस सहकारीको शेयर सदस्य १५ जना, कर्मचारी ७ जना र महिला उपसमिति बाट ४ जना गरी जम्मा २६ जना तालिममा सहभागी भएका थियो ।       यस तालिमको लागी कर्मचारी, महिला उपसमिति र शेयर सदस्यहरु सबैजना ९ः४५ देखि १०ः१५ सम्म आइपुग्नुभयो । कोहि चाहीँ व्यस्तता को कारण ले गर्दा ढिला आउनुभएको थियो । हामीले १०ः३० मा तालिमको सुरुवात गर्यौँ ।  तालिमको सुरुवातमा यस संस्थाको प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजु ज्यूले यस तालिम को बारेमा प्रकाश पार्नुभयो । यस संस्थाको अध्यक्ष सुशन राजवंशीज्यू ले पानसमा दिप प्रज्वलन गरी तालिमको सुरुवात गर्न अनुमती दिनुभयो। सुशन राजवंशीज्यू ले आफ्नो केही छोटो मन्तव्य राख्नुभयो र प्रशिक्षक पुजा महाजुज्यूले तालिमको सुरुवात गर्नुभयो ।       तालीम सुरु गर्नु अगाडी हामी जम्मा २६ जना लाई ५(५ जना को समुह बनाई छुटाइयो । त्यस  समुहलाई चाहीने सामाग्री धागो समुह मा एउटा एउटा गरी ५ वटा निकालियो र अरु सामाग्रीहरु सियो, पोते र क्रिष्टल चाही १(१ जना लाई छुट्टाछुट्टै दिनुभयो । पुजा ज्यूले ५(५ जना को समुहलाई पालैपालो सिकाउनु भयो । पालैपालो सिकाउने क्रममा वहाँ एकजना मात्र हुनु भएकोले वहाँले सिकाउन नभ्याएको खण्डमा नआएको केही चाँही एकदुई जना ले थयगतगदभ हेरेर पनि गरेका थियौँ । माला बनाउन कठिन भएपनी माला को डिजाइन राम्रो भएकोले सबैजना को ध्यान मालामा मात्र गएकोले खाजा खाने समयमा खाजा के खाने साकाहारी र मांसाहारी को को के खाने भनेर सोध्दा केही पनी जवाफ नआएकोले चिया र खाजा सँगसगैँ २ः४५ तिर मगाएका थियौँ । चिया र खाजा मगाए अनुसार चिया चाँडै आएकोले चिया ३ बजे तिर नै खायौँ र खाजा चाँही ३ः००(३ः३० सम्ममा माला उन्दै खाएका थियौँ । माला उन्न अली कठिनाई भएकोले एउटा माला उन्न सिद्याउदा नै ५(६ बजेको ले अरु सिक्नको लागी खासै समय नभएकोले अली अली पोतेको औठि बनाउन पनी सिकेका थियौँ । समय कम भएकोले माला बनाउन नसिदिएकोहरुले माला नै बनाउदै गर्नुभयो र माला बनाउन सिधिनेहरुले पोतेको आँैठि बनाउन पनि अलि अलि सिकेका थियौँ । आँैठि बनाउन सिक्दा सिक्दै नै धेरै ढिला भएकोले ६ः३० तिर घर जान को लागी तयारी गर्दै सर सामान हरु सबै जम्मा गर्न थाल्यौँ ।  शेयर सदस्य ज्यू हरुलाई घर जान ढिला भएकोले हतार हतार घर मा बालबच्चा छोडेर आउनुभएकोहरु चाहीँ घर जान थाल्नु भएको थियो । त्यसै क्रममा हाम्रो प्रशिक्षक पुजा महाजुज्यूले माला उन्न राम्रो हुने हरुको लागी पनि केही उपहार दिनुभएको थियो । उपहार चाहीँ १.चुरा (भारती धालाच्छे) २.माला (साधना बरुण) र ३.टप (रोजिना श्रेष्ठ) लाई दिनुभएको थियो । अन्तिम मा ७ बजे उहाँ लाई सम्मान पत्र दिन को लागी संस्थाको अध्यक्ष सुशन राजवंशी ज्यू आउनु भयो र प्रशिक्षक पुजा महाजु ज्युलाई सम्मान पत्र दिनुभयो । हामी सबै ले केही सम्झना को स्वरुप फोटोहरु पनी खिच्यौँ अनि वहाँ लाई पानस साकोसको मायाको चिनोको रुपमा कप पनि दिईयो र तालीम सिद्याएर आ(आफ्नो घर तिर लाग्यौँ । मितिः२०८०÷१२÷२१